दफा २७
सम्पत्ति वा साधन फुकुवा गर्नु पर्ने
(१) परिच्छेद–२ बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको नदेखिएमा वा त्यस्तो सम्पत्ति वा साधनमा निर्दोष तेस्रो व्यक्तिको कानूनी अधिकार भएको देखिएमा कसूरको सम्बन्धमा मुद्दा दायर भई नसकेको वा दायर नहुने भएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको परामर्श लिई त्यस्तो सम्पत्ति वा साधन रोक्का राखिएको भए फुकुवा गर्न सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ र नियन्त्रणमा लिइएको भए सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
(२) कसूर सम्बन्धी मुद्दा अदालतमा दायर भई सकेकोमा त्यस्तो सम्पत्ति वा साधन रोक्का राख्न वा नियन्त्रणमा लिइरहन आवश्यक नदेखेमा अदालतले त्यस्तो सम्पत्ति वा साधन फुकुवा गरिदिनेछ ।
(३) उपदफा
(१) बमोजिम सम्पत्ति वा साधन फुकुवा भएमा सोको विवरण काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका अनुसन्धान अधिकारीले विभागमा र अन्य जिल्लाका अनुसन्धान अधिकारीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा तत्काल दिनु पर्नेछ ।
(४) उपदफा(२) बमोजिम सम्पत्ति वा साधन फुकुवा गरेकोमा अदालतले सोको जानकारी सम्बन्धित सरकारी वकिल कार्यालयलाई दिनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम विवरण प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तथा उपदफा (४) बमोजिम विवरण प्राप्त भएमा सम्बन्धित सरकारी वकिल कार्यालयले सोको विवरण विभागमा पठाउनु पर्नेछ ।